कुवेतलाई पराजित गर्दै पाकिस्तानले हङकङ इन्टरनेशनल सिक्सेस २०२५ को उपाधि जितेको छ। हङकङको मोङककमा आइतबार भएको फाइनलमा कुवेतलाई ४३ रनले पराजित गर्दै पाकिस्तानले उपाधि उचालेको हो।
पाकिस्तानले दिएको १ सय ३६ लक्ष्य पछ्याएको कुवेत ५.१ ओभरमा ९२ रन बनाउँदा अलआउट भयो। त्यसअघि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको हो।
पहिलो सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियालाई १ रनले हराउँदै उपाधिनजिक पुगेको थियो। दोस्रो सेमिफाइनलमा कुवेतले इङ्ल्यान्डलाई ३७ रनले हराउँदै पाकिस्तानसँगको भेट पक्का गरेको थियो।
156
Shares

प्रतिक्रिया