समाज


कोरोनाबाट आइतबार भारतमा ५६ जनाको मृत्यु

कोरोनाबाट आइतबार भारतमा ५६ जनाको मृत्यु

नेपालखबर
बैशाख १५, २०७७ सोमबार २:२८,

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय ८१ पुगेको छ। आइतबार भारतमा यसको संक्रमणबाट ५६ जनाले ज्यान गुमाएका छन्।

हिजो एकै दिन त्यहाँ १६ सय ७ जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ। संक्रमितमध्ये ६ हजार ५ सय २३ जना उपचारपछि निको भएका छन्

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ। त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ।

कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad