कोरोना भाइरसको संक्रमण (कोभिड-१९) रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा लकडाउन लागू गराउने सिलसिलामा आफैं कोरोना संक्रमित भएर १७ प्रहरीको मृत्यु भएको छ।
त्यहाँका अधिकारी र सञ्चारमाध्यमका अनुसार यस हप्ताको सुरुमै कोभिड–१९ बाट कम्ती १३ सय प्रहरी संक्रमित भएका थिए।
देशमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै गृहमन्त्रीले राजीनामा दिएपछि नयाँ नियुक्त भएका गृहमन्त्री ग्यास्टोन रोड्रिगेजले शनिबार पत्रकारसँग कुरा गर्दै देशभर १७ प्रहरीको मृत्यु भएको जानकारी दिएका हुन्। तीमध्ये ११ जना राजधानी लिमाका रहेको उनले बताए।
लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रण गर्ने क्रममा ठूलो संख्यामा प्रहरी आफैं कोरोना भाइरसबाट संक्रमित भएको पेरुको सरकारी समाचार समिति एन्डिनाले जनाएको छ।
पेरूमा गत मार्च १७ देखि लकडाउन गरिएको छ।
गृहमन्त्री रोड्रिगेजले प्रहरी बलका २ लाख २० हजार परीक्षणको नतिजा आउन बाँकी रहेको बताएका छन्। ‘
संकटमा खटिने प्रहरीको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो। प्रहरी बल राम्रोसँग सुसज्जित हुनैपर्छ,’ उनले भने।
जोन्स हप्किन्स युनिभर्सिटीले गरेको गणनाअनुसार पेरूमा २५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् भने ७ सय जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया