समाज


स्थानीयले फोहोर लैजान अवरोध गरेपछि कुलमान पुगे बञ्चरेडाँडा (तस्बिरहरू)

स्थानीयले फोहोर लैजान अवरोध गरेपछि कुलमान पुगे बञ्चरेडाँडा (तस्बिरहरू)

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ११:१०, काठमाडौँ

काठमाडौँको फोहोर लैजान स्थानीयले अवरोध गरेपछि शहरी विकासमन्त्री कुलमान घिसिङ ल्याण्डफिल्ड साइट अनुगमनको लागि बञ्चरेडाँडा पुगेका छन्। 

स्थानीयले अवरोध गर्दा गएको पाँचदिनदेखि काठमाडौँको फोहोर उठाउन सकिएको छैन। मन्त्री घिसिङले फोहोर व्यवस्थापन उत्पन्न समस्या समाधानको लागि अहिले स्थानीयसँग छलफल गरिरहेका छन्। 

स्थानीयले विभिन्न माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा फोहोर फाल्न सकेको छैन। काठमाडौँ महानगरपालिका र अन्य स्थानीय तहबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ। 

समयमै फाेहाेर बिसर्जन नहुँदा राजधानी काठमाडाैँमा दुर्गन्ध बढ्दै गएकाे छ।

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad