बागमती


ढुंगा पन्छाएपछि खुल्यो कान्ति लोकपथ, कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अझै बन्द

ढुंगा पन्छाएपछि खुल्यो कान्ति लोकपथ, कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अझै बन्द

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ११:१७, हेटौँडा

ढुंगा हटाएपछि कान्ति लोकपथ खुलेको छ।

मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान ७ बजेतिर बकैया गाउँपालिका-११ घट्टेपाखामा खसेको ठुलो ढुंगा पन्छाएपछि दुवैतर्फ यातायात सञ्चालन भएको हो। 

केही बेर अघिदेखि सडकमा गाडी चल्न थालेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी पुष्कर बोगटीले जानकारी दिए।

यसैबीच पहिरोका कारण शनिबार साँझदेखि अवरुद्ध कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक भने अझै खुलेको छैन।

डीएसपी बोगटीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित ज्यामिरेमा सडक माथिबाट आएको पहिरोका कारण बाटो बन्द भएको हो। 

सडकमा माटो र ढुंगा थुप्रेका कारण सवारीसाधान आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।

हाल पहिरो पन्छाउने क्रम चलिरहेको डीएसपी बोगटीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad