समाज


बाढी महाशाखाले भन्यो: तीन दिन तीन प्रदेशमा सतर्कता अपनाउनू

बाढी महाशाखाले भन्यो: तीन दिन तीन प्रदेशमा सतर्कता अपनाउनू

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार ८:७, काठमाडौँ

बंगालको खाडीमा विकसित 'मोन्था' नामको चक्रवातको प्रभावले आगामी ३ दिन कोसी, मधेस र बागमती प्रदेशमा मध्य्यमदेखि भारी वर्षाको सम्भावना देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले बिहीबार विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गरेको छ। 

जसअनुसार कोसी, मधेस र बागमती प्रदेशका अधिकांश नदीको बहाब कात्तिक १३ गते (आज) बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने सम्भावना देखिएको छ। अत: ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। 

बाढी महाशाखाका अनुसार जिल्लाका हिसाबाले आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।

यस्तै  शुक्रबार कोसी, मधेस र बागमती प्रदेश भई बहने केही ससाना नदीमा बहाब आकस्मिक बढ्ने अनुमान बाढी महाशाखाले गरेको छ। यसैगरी शनिबार पनि कोसी, मधेस र बागमती प्रदेश भई बहने केही ससाना नदीहरूमा बहाब आकस्मिक बढ्न सक्ने आकलन गरिएको छ। 

शनिबार अपराह्नदेखि यस प्रणाली कमजोर हुने र नदीमा बहाब क्रमश: घट्दै जाने अनुमान रहेको बाढी महाशाखाले जनाएको छ। 

मनसुन बाहिरिएपछि गत असोज २४ गतेदेखि बाढीबारे दैनिक सूचना दिने सेवा बन्द गरेको बाढी महाशाखाले मोन्था चक्रवातका कारण आज विशेष बुलेटिन जारी गरेको हो।   

हेर्नुहोस् बाढीसम्बन्धी विशेष बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad