काठमाडौँको गौरीघाटमा मैथिली समुदायले मनाउनले छठ पर्वको तयारी सुरु भएको छ। छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई तथा सजावटको कार्य भइरहेको छ।
बागमती नदीमा रहेका पोलहरुमा प्रकाशको लागि लाइट जडान, सजावट लगायतका कार्य थालिएको हो। विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय देशका धेरै क्षेत्रमा मनाउने गरिएको छ।
सूर्यदेवको उपासना गरी यो पर्व मनाइने गरिन्छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि छठपर्वको तयारी भइरहेको छ। मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक छठ पर्व मनाउने गरेका छन्। यस वर्ष कात्तिक १० गते छठ पर्व मनाइँदै छ।
15
Shares

प्रतिक्रिया