राजनीति


त्रिपालमुनि एमाले केन्द्रीय कार्यालय

त्रिपालमुनि एमाले केन्द्रीय कार्यालय

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १६:५२, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कार्यालय त्रिपाल टाँगेर सञ्चालनमा ल्याइएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त कार्यालय शनिबारदेखि त्रिपाल टाँगेर सञ्चालन गरिएको हो। 

केन्द्रीय सदस्य विष्णु रिजालले केन्द्रीय कार्यालयको कामकारबाही त्रिपाल टाँगेरै भए पनि सुरु गरिएको जानकारी दिएका छन्। 

'पालमुनि हामी। नेकपा (एमाले)को केन्द्रीय कार्यालय सुचारू भएको छ' उनले आफ्नो फेसबुकमार्फत भनेका छन्।  

चमेना गृहको अगाडि भागमा त्रिपाल टाँगिएको छ। यहीँबाट अब कार्यालयको नियमित कामकारबाही सञ्चालन हुने उनको भनाइ छ। उनका अनुसार आइतबारदेखि चमेना गृह पनि सञ्चालनमा आउनेछ।  

जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको पार्टी कार्यालयको मर्मतको काम पनि सुरु भएको एमालेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad