बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने अर्की किशोरीको पनि सनाखत भएको छ।
दुर्घटनामा तीन किशोरीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मृतक तीन किशोरीमध्ये पहिचान खुल्न बाँकी सोलुखुम्बु महाकुलुङ- ३ बस्ने १७ वर्षीया निर्जला राईको पनि सनाखत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए।
दुर्घटनामा महाकुलुङ गाउँपालिका-३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको पनि मृत्यु भएको छ।
बिहीबार साँझ माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको ११ जना सवार बोलेरो गाडी दुर्घटनामा परेको हो। गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेको छ।
सोलुखुम्बु गाडी दुर्घटना: मृतक ३ मध्ये २ किशोरीको मात्रै सनाखत
315
Shares

प्रतिक्रिया