समाज


भूकम्पको पाँच वर्ष पुरा, कोरोना संक्रमणले बिर्सायो महाविपत्ति

भूकम्पको पाँच वर्ष पुरा, कोरोना संक्रमणले बिर्सायो महाविपत्ति

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ८:३९,

२०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ।

गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते आजकै दिन ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी देशभर ८ हजार ७ सय ९० मानिसको मृत्यु भएको थियो। यस्तै २० हजार भन्दा बढी नागरिकहरु घाइते भएका थिए।

भूकम्पका कारण गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर गरी १४ लिल्लामा सबैभन्दा धेरै क्षति भएको थियो। भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो। भूकम्पबाट मानविय क्षतिसँगै घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन, सडक, खानेपानी लगायतका पूर्वाधारमा खर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो।

भूकम्पबाट ८ लाख भन्दा बढी निजी घर, ७ हजार ५ सय ५३ विद्यालय, १ हजार १ सय ९७ स्वास्थ्य संस्था, ९ सय २० सम्पदा, ४ सय १५ सरकारी भवन, २ सय १६ वटा सुरक्षा निकायका संरचना, ७ सय ६२ किलोमिटर सडक र १ हजार भन्दा बढीको संख्याका खानेपानी आयोजनामा क्षति पुगेको थियो। खर्बौंको नोक्सानी हुनेगरी क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माणको काम भूकम्पन गएको पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेको छैन्।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिले सम्म ४ लाख ९४ हजार ४४ निजी आवास निर्माण भइसकेको र १ लाख ९० हजार १ सय ४५ पुननिर्माणको चरणमा रहेको गरी ८८ प्रतिशत प्रगति भएको जनाएको छ। तर अझैपनि करिब ७० हजार निजी आवासको प्रबलीकरणको काम भने बाँकी छ। यस्तै अहिले सम्म ७४ प्रतिशत विद्यालय अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भएको र १ हजार ४ सय ९२ विद्यालय पुननिर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ।

१ हजार १ सय ९७ क्षतिग्रस्त स्वास्थ्यसँस्था मध्ये अहिलेसम्म ६ सय ६९ वटाको पुननिर्माण सम्पन्न भएको छ भने १ सय ४५ पुननिर्माणको चरणमा छन्। ३२ जिल्लामा क्षतिग्रस्त ९ सय २० सम्पदा मध्ये ४ सय २ वटाको मात्र पुननिर्माण सम्पन्न भएको छ भने १ सय ४१ पुननिर्माणको चरणमा छन्। तर महत्वपूर्ण धरोहरहरु धरहरा, रानीपोखरी, काष्ठमाण्डप, सिंहदरबार, नुवाकोट दरबार लगायतका सम्पदाहरुको पुननिर्माणको काम भने अझै बाँकी छ। ४ सय १५ सरकारी भवन मध्ये ३ सय ४९ वटाको पुननिर्माण भएको छ। ४९ वटा पुननिर्माणको चरणमा छन् ।

यस्तै १ सय ९४ सुरक्षा निकायका संरचनाको पुननिर्माण सम्पन्न भइसकेको र २२ वटा पुननिर्माणको चरणमा छन्। यस्तै ७ सय ६२ किलोमिटर सडक पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म ४ सय ४३ किलोमिटर सडकको पुननिर्माण सम्पन्न भइसकेको छ। यस्तै खानेपानी तर्फ १ हजार खानेपानी योजनाको पुननिर्माण सम्पन्न भएको छ भने १ सय वटा पुननिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad