जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको कुर्सीमा केपी ओली रहुन्जेल लोकतन्त्र खतरामा परिरहने बताएका छन्।
सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको केही बेरमै सामाजिक सञ्जाल ट्विटरमा उनले यस्तो प्रतित्रिया दिएका हुन्।
उनले समाजवादी फुटाल्नका लागि सरकारले ल्याएको अध्यादेश प्रधानमन्त्रीतिरै फर्केका कारण फिर्ता लिन बाध्य भएको बताएका छन्।
डा. भट्टराईले समाजवादी पार्टीमा फूट ल्याउनका लागि संसद अपहरण लगायतका गम्भीर अपराध भएको भन्दै छानविन र कारबाही गर्न माग गरेका छन्।
‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्’, सामाजिक सञ्जाल ट्विटरमा भट्टराइले लेखेका छन्, ‘यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानविन÷कारबाही हुनैपर्छ, उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।’
समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!
— Baburam Bhattarai (@brb1954) April 24, 2020प्रधानमन्त्री ओलीले ल्याएका दुई अध्यादेशको पार्टीभित्रै र बाहिर चौतर्फी विरोध हुँदै आएपछि प्रधानमन्त्री ओलीले अध्यादेश नेकपाप्रति नभइ समाजवादी पार्टीप्रति लक्षित रहेको प्रतिक्रिया दिएका थिए।
प्रधानमन्त्रीले पार्टी पुटाल्न खोजेको भन्दै अध्यादेश आएको तेस्रो दिन बुधबार राति समाजवादी पार्टी र राजपाबीच एकता भएको थियो।

प्रतिक्रिया