कैलालीको गौरीगंगा नगरपालिकास्थित बिहानी क्षितिज इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक कृष्णप्रसाद भुसाल मृतावस्थामा फेला परेका छन्।
गौरीगंगा नगरपालिका–९ बसोबास रहेका ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका–१० मा रहेको कैलाशधाम मन्दिर क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए।
प्रहरीका अनुसार भुसालको आँखा, मुख र घुँडामा चोट देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको भट्टले जानकारी दिए। उनका अनुसार अहिले हत्याको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेका छ। रासस
3
Shares

प्रतिक्रिया