ad ad

समाज


कोरोना निको भएका युवालाई धादिङमा भव्य स्वागत

कोरोना निको भएका युवालाई धादिङमा भव्य स्वागत

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ३:३५,

कोरोना भाइरसको उपचारपछि निको भएर घर पुगेका युवालाई धादिङमा भव्य स्वागत गरिएको छ। उनलाई जिल्ला अस्पताल धादिङमा फूलमाला र खादा लगाएर स्वागत गरिएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज गरिएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका-२ का ३२ वर्षीय उरबहादुर तामाङलाई धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले धादिङबेँसी पुर्याएका हुन्। धादिङबेँसी आइपुगेपछि उनलाई सुरक्षित स्थानमा राखिएको छ।

युएइबाट ६ चैतमा उनी नेपाल आएका थिए। चैत १० गते कोरोनाको लक्षण देखिएपछि उनी आइसोलेसनमा भर्ना भएका थिए। जिल्लाको नागरिकलाई कोरोनाको उपचारपछि जिल्लामा स्वागत गर्न पाउँदा खुशी लागेको जिल्ला अस्पतालका अध्यक्ष धमलाले बताए।

तामाङले कोरोना संक्रमण भएपछि शुरुमा आफूलाई मर्छुजस्तो लागेको भए पनि अस्पतालका कर्मचारी, चिकित्सक र नर्सहरुको व्यवहारले आफू छिटो निको भएको बताए। ‘स्वास्थ्यकर्मीको हौसाला र आत्मबल बलियो भएमा कोरोना सजिलै निको हुने रहेछ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .