तनहुँको व्यास नगरपालिका कार्यालयले २ सय ७५ बोरा प्याज, आलु र केही बोरा चामलसिहत एउटा ट्रक नियन्त्रणमा लिएको छ।
व्यास-३ का मुनिलाल शाहको पसलबाट नगरपालिकाले बिहीबार ग १ क ३५१२ नम्बर ट्रक नियन्त्रणमा लिएको हो।
ट्रकलाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।
कोभिड-१९ लाई ध्यानमा राखी नगरपालिकाले केही दिन अघिदेखि नै भारतबाट कुनै पनि सामान आयातमा रोक लगाएको छ।
भारतको सीमाबाट उक्त सामान लुकाइछिपाई ल्याएको थाहा भएपछि नगरपालिकाको सक्रियतामा पसल बन्द गरी सामानसहितको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
प्रतिक्रिया