ad ad

समाज


कोरोना संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु

कोरोना संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ३:३,

बेलायतमा कोरोना संक्रमणका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ।

कोरोना सङ्क्रमण देखिएपछि दुई साताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।

पुरानो घर प्युठान भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए। पछि पूर्व गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उनी लण्डनको बस्न थालेका थिए।

आफ्ना छोरी ज्वाइँलाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उनले पूर्णकालीन रुपमा कामसमेत गर्दै आएका समाजसेवी लीलादेवी गुरुङले जानकारी दिए।

त्यसैगरी खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने ३३ वर्षीया बीमा नाछिरिङ राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

उपचारका क्रममा जर्ज इलिट अस्पतालमा उनको मृत्यु भएको हो। पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी उनी माइली छोरी हुन्। उनी गत वर्ष मात्र नेपालबाट बेलायत गएकी थिइन्।

एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना भएकी राईलाई पहिलेदेखि मिर्गौलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एशोसिएशनका महासचिव भीम सारुमगरले जानकारी दिए।

त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ। बेलायतको रेडिङ शहरमा बस्दै आएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा मृत्यु भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए।

तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै उनलाई कोरोना पुष्टि भएको थियो।

उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आएका समाजसेवी कमल गुरुङ जानकारी दिए।

अहिलेसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या २१ पुगेको छ।

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीमा धेरैजसो पूर्व गोरखा सैनिक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .