समाज


तिहारमा फूल बिक्री गर्न काठमाडौँ महानगले तोक्यो ३२ स्थान (सूची)

तिहारमा फूल बिक्री गर्न काठमाडौँ महानगले तोक्यो ३२ स्थान (सूची)

नेपालखबर
असोज २५, २०८२ शनिबार १६:२१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले तिहारको अवसरमा नेपाली किसानले उत्पादन गरेका फूलमालाको बिक्री–वितरणलाई प्रोत्साहन गर्न ३२ स्थान तोकेको छ। 

महानगरपालिकाले विगत तीन वर्षदेखि तिहारको समयमा स्वदेशी फूलको प्रवर्धनका लागि बिक्री स्थल व्यवस्थापन गर्दै आएको छ। 
महानगर प्रमुख बालेन्द्र शाहले महानगरपालिकाले कार्तिक १ गतेदेखि ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणका लागि स्थल व्यवस्था गरेको बताए। 

अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न तयारी गरिएको छ। 

नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन पनि गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad