समाज


झापाका बाढीपीडितलाई राहत ‘प्याकेज’

झापाका बाढीपीडितलाई राहत ‘प्याकेज’

नेपालखबर
असोज २०, २०८२ सोमबार २०:५४, झापा

अविरल वर्षापछिको बाढीका कारण पूर्ण प्रभावित भएका परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा आज बसेको बैठकले बाढीका कारण पूर्ण प्रभावित र विस्थापित भएका परिवारलाई तत्काल राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार तत्काल पूर्ण प्रभावित परिवारलाई २५ केजी चामल, दुई केजी नुन, दुई केजी दाल, एक लिटर तेल, पाँच केजी आलु र दुई थान ब्ल्याङ्केट र दुई थान म्याट्रेस उपलब्ध गराइने छ। 

बैठकले बाढीपीडितलाई सहयोग गर्न चाहने सङ्घसंस्थालाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न र कम्तीमा रु ३० हजार बराबरको राहत प्याकेज उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए।

सहयोगी सङ्घसंस्थाले नगद सहयोग उपलब्ध गराएको खण्डमा ‘एकका लागि एक’ अभियानअन्तर्गत राहत सामग्री खरिद गरी वितरण गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए।

लोकमार्ग मर्मतपछि सवारी सञ्चालन
बाढीका कारण अवरुद्ध भएको झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पूर्वपश्चिम लोकमार्ग सञ्चालन भएको छ। यहाँ सुकुना खोलाको बाढीले ‘ड्राइभर्सन’ भत्किएको थियो।

आवश्यक मर्मतपछि दुवैतर्फ सवारी आवागमन पूर्णरूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

शवको पहिचान खुल्यो
जिल्लाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलाको छेउमा फेला परेको शवको पहिचान खुलेको छ। 

असोज १९ गते मृतक फेला परेका व्यक्ति इलाम नगरपालिका–१० गोदक निवासी अन्दाजी ७० वर्षीय गर्जमान तामाङ रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले मृतकका छोरा दावा तामाङले शव पुष्टि गरेको बताए। शव हाल भद्रपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad