समाज


कोसी ब्यारेजको पुल भएर आवतजावत बन्द

कोसी ब्यारेजको पुल भएर आवतजावत बन्द

नेपालखबर
असोज १९, २०८२ आइतबार ११:११, काठमाडौँ

सुनसरी र सप्तरीको सीमा नदी सप्तकोसी ब्यारेजको पुल भएर सवारी साधन र पैदल आवतजावत बन्द गरिएको छ।

पानीको बहाब ४ लाख ८६ हजार क्युसेक नाघेपछि पुलमा आवतजावत बन्द गरिएको हो। 

कोसी ब्यारेजमा गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो। यस वर्ष सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो। यसअघि सन् १९८७ मा कोसी ब्यारेजमा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो।

आज बिहान साढे १०ः३० मा पानीको बहाब ४ लाख ८६ हजार ७६० क्युसेक प्रतिघण्टा मापन गरिएको छ।

पानीको बहाब उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार पानीको बहाब बढेसँगै दुवै नहरको पानी बन्द गरिएको छ।

सप्तकोसी नदीको बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad