समाज


काठमाडौंका पाँच विद्यालयमा बाढी पीडितलाई सारियो, ७० वटामा बस्ने व्यवस्था

काठमाडौंका पाँच विद्यालयमा बाढी पीडितलाई सारियो, ७० वटामा बस्ने व्यवस्था

कुलेश्वरबाट बाढी प्रभावितलाई उद्दार गर्दै प्रहरी


नेपालखबर
असोज १८, २०८२ शनिबार १९:४४, काठमाडौँ

काठमाडौं महानगरपालिकाका ७० विद्यालयमा बाढी पीडितका लागि बस्ने व्यवस्था मिलाइएको छ। 

हालसम्म महानगरपालिकाभित्रका ५ वटा विद्यालयमा बाढीको जोखिममा रहेका बस्तीका मानिसहरू बसिरहेका छन्।

महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) व्यवस्था गर्न सकिने जनाएको छ। उनीहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ।

महानगरका मेयर बालेन्द्र शाहका अनुसार विश्व निकेतन, त्रिपुरेश्वरमा ७० जना बसिरहेका छन्। यस्तै, गुह्येश्वरीमा ५२ जना, जन विकास, कुलेश्वरमा ५२ परिवार (२५१ जना) बसिरहेका छन्। 

यसैगरी महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना बसिरहेका छन्। 

खोलाले कटान गरेका स्थानहरूमा काठमाडौँ महानगर प्रहरी बलले बोरामा माटो र गिट्टी राखेर नदी कटान रोक्ने कार्य तीव्र गतिमा गरिरहेको छ।

कुनै आपतकालीन समस्या परेमा हेल्पलाइन नम्बरहरूः १६६००१०५५११,  ०१५९०१७६४ र ०१५९०१७६३ मा सम्पर्क गर्न मेयार शाहले आग्रह गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad