समाज


राशिफल १८ असोज : कुम्भको जोस बढ्ने, मकर गोप्य काममा सफल, तपाईँको के?

राशिफल १८ असोज : कुम्भको जोस बढ्ने, मकर गोप्य काममा सफल, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असोज १८, २०८२ शनिबार ४:४६, काठमाडौँ

आज शनिबार, १८ असोज २०८२ (४ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: मनमा शान्तिको अनुभूति हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन सक्छ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्‌क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशामा नजाने।

वृष: धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन् र धार्मिक तथा महत्त्वपूर्ण क्षेत्रको भ्रमण हुनसक्छ।

भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्‌क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन: समय मध्यम खालको रहनेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, त्यसैले संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्‌क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: खानेकुरा प्रति सजग रहनु होला। नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछन्। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ र स्वास्थ्य प्रतिकूल रहन सक्छ। आजको मन्त्र- सपना देख्ने आँखा कमजोर हुँदैनन्।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, शिक्षामा ४८ र स्वास्थ्यमा ३९ प्रतिशत सफलता मिल्नेछ।

यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्‌क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह: पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। प्रेमी/प्रेमिकाबाट सुख मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ। आजको मन्त्र- अलग हुनु विशेष हुनु हो। 

भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्‌क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या: आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्‌क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला: अतिथिको रूपमा सत्कार पाइएला। रोकिएका काम दोहोर्‍याएर गर्दा अधुरो कार्यले पूर्णता पाउनेछ। मानसिक शान्ति हुनेछ। सुरु गरेका काम सम्पन्न हुनेछन्। बोलीवचनमा संयम राख्नुपर्ने देखिन्छ।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्‌क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। आफूले ठिक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्‌क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ। कला र प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्‌क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर: पारिवारिक जीवन र प्रणय सम्बन्धमा सकारात्मकता हुने देखिन्छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्‌क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्‌क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा अवरोध सृजना हुनसक्ने सम्भावना छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्‌क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad