समाज


बैतडीमा सवारी दुर्घटना, तीनजना गम्भीर घाइते

बैतडीमा सवारी दुर्घटना, तीनजना गम्भीर घाइते

नेपालखबर
असोज १५, २०८२ बुधबार १४:३२, काठमाडौँ

बैतडीमा भ्यान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८  भ्यान पाटन–६, गाङको मोडमा बुधबार बिहान दुर्घटना भएको हो। 

दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका-४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए। उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad