सर्लाहीको मलंगवा नगरपालिका ८ झिलीमिलीमाई नाकाबाट सशस्त्र प्ररी टोलीले २८ बोतल कोडिन फोस्पेट नामक लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय सुशिलकुमार राउत र २८ वर्षीय मनोज राउत छन्।
बीआर जे ५८८१ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको छ।

प्रतिक्रिया