समाज


नेपाल घुम्न आएका अस्ट्रेलियन नागरिकको मोटरसाइकल दुर्घटनामा मृत्यु, अर्काको अवस्था गम्भीर

नेपाल घुम्न आएका अस्ट्रेलियन नागरिकको मोटरसाइकल दुर्घटनामा मृत्यु, अर्काको अवस्था गम्भीर

नेपालखबर
असोज १२, २०८२ आइतबार ५:५३, काठमाडौँ

सिन्धुपाल्चोकको बाह्रबिसे-तातोपानी खण्डअन्तर्गत भोटेकोसी गाउँपालिका(४ चारकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जना अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार शनिबार बा ८९ प ९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा अष्ट्रेलियाली नागरिक ७१ वर्षीय पेटर ज्याक्सन र ६८ वर्षीया जनेट ज्याक्सन घाइते भएका थिए।

दुवै जनालाई धुलिखेल अस्पतालको शाखा हिन्दी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत नर्भिक अस्पताल, काठमाडौं पठाइएको थियो। 

जनेटको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

मोटरसाइकल चालक पेटरको भने हाल नर्भिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad