समाज


‘टिकटक’ बनाउने क्रममा चिप्लिएर कालीगण्डकीमा खस्दा २२ वर्षीय युवक बेपत्ता

‘टिकटक’ बनाउने क्रममा चिप्लिएर कालीगण्डकीमा खस्दा २२ वर्षीय युवक बेपत्ता

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८२ आइतबार ६:६, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्। 

कालीकोटको शुभकालिका गाउँपालिका-८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाउँदा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा नदीमा खसेका पोखरेलको खोजी जारी रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए। 

पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाको टोलीसहित सुरक्षाकर्मी परिचालन गरी बेपत्ता पोखरेलको खोजी भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad