कास्कीको पोखरा महानगरपालिका-१ हरिचोकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
ग.३ प ७३१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही महानगरपालिका-२५ हेम्जा क्रान्तिटोल निवासी २५ वर्षीया मानदेव गुरूङ गम्भीर घाइते भएका थिए। उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना ग.१ ख ९९६१ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ट्रक र मोटरसाइकल चालक दुवैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ।
372
Shares

प्रतिक्रिया