दैलेखको दुल्लु नगरपालिका-३ तियाडीको जंगलमा मरेको अवस्थामा एउटा चितुवा फेला परेको छ।
स्थानीयवासी र प्रहरीको सूचनाका आधारमा सब-डिभिजन कार्यालयको टोलीले घटनास्थलबाट मरेको चितुवा जिल्ला सदरमुकाममा लगेको छ।
अन्दाजी १३-१४ वर्ष जतिको चितुवा टाउकामा चोट लागेको र गन्हाइसकेका अवस्थामा फेला परेको हो।
स्थानीयवासीले छाला काटेर लान सक्ने भएका कारण सदरमुकाममै ल्याएर गाडिएको डिभिजनल वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले जानकारी दिए।
चितुवा मर्नुको कारण फेला परेको छैन।
प्रतिक्रिया