ad ad

समाज


कोरोनाको त्रास : खोटाङको हलेसी नगरपालिकाद्वारा उदयपुर प्रवेश गर्ने नाका बन्द

कोरोनाको त्रास : खोटाङको हलेसी नगरपालिकाद्वारा उदयपुर प्रवेश गर्ने नाका बन्द

नेपालखबर
बैशाख १०, २०७७ बुधबार २:३६,

कोरोना भाइरस सङ्क्रमित भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ।

छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए।

दश स्थानीय तह रहेको खोटाङमा अहिलेसम्म गरिएको ¥यापिड डायग्नोष्टिक टेष्टमा सबै ९२ जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

¥यापिड डायग्नोष्टिक टेष्टमा नेगेटिभ रिर्पोट देखिएका हलेसी तुवाचुङ नगरपालिकाका पाँच र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन जनाको पिसीआर टेष्ट गर्न नमूना सङ्कलन गरेर कोशी अस्पताल विराटनगर पठाइएको छ।

प्रदेश सरकारले १२० वटा किट पठाएपछि विदेशबाट घर फर्किएका जिल्लाका १२० व्यक्तिको पहिलो चरणमा ¥यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको जनाइएको छ।

चैतयता विदेशबाट फर्किनेको सङ्ख्या अधिक रहेकाले थप किट तत्काल पठाउन संघ तथा प्रदेश सरकारसमक्ष माग गरिएको छ। तीन सय चार शय्याको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड रहेको जिल्लामा अहिलेसम्ममा क्वारेन्टाइन बस्नेको सङ्ख्या ९७ पुगेको छ।

स्वास्थ्यकर्मीको मृत्यु भए परिवारलाई १० लाख
यसैबीच हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई १० लाख दिने निर्णय गरेको छ।

नगरपालिकाले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहनभत्तासम्बन्धी कार्यविधि तयार बनाइ प्रोत्साहन भत्तासमेत प्रदान गर्ने निर्णय गरिएको नगरप्रमुख राईले बताए।

नगरकार्यपालिकाको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न नगरपालिकाबाट विनियोजित बजेट रकमान्तर गरेर नगरस्तरीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ।

नगर परिषद्बाट विनियोजित मर्मतसम्भार कोषमा राखिएको रकमबाट एक लाख ५० हजार, मेलमिलाप केन्द्रको चार लाख र महिला सहकारी भवनको १० लाख बजेट रकमान्तर गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

बैठकले अन्यत्रबाट घर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राख्न वडास्तरीय समन्वय समितिलाई जिम्मेवारी दिने र गत चैतयता घर आएका स्थानीयलाई ¥यापिड डायग्नोष्टिक टेष्टका लागि अनिवार्य उपस्थित गराउन समन्वय गर्नेलगायतका निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .