समाज


आइतबार सूर्यमा ग्रहण लाग्ने, सोह्रश्राद्ध गर्ने कि नगर्ने?

आइतबार सूर्यमा ग्रहण लाग्ने, सोह्रश्राद्ध गर्ने कि नगर्ने?

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०८२ शनिबार २०:१४, काठमाडौँ

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। 

आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्रश्राद्ध गर्ने कि नगर्ने? सुतक कति बजेदेखि लाग्छलगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन्। 

यस विषयमा समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने रासससँग बताएका छन्।

नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए। 

आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्युजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad