समाज


मुग्लिन–नारायणगढ सडकको अवरोध हटाउने प्रयास असफल, भोलि बिहान ३ बजेसम्म बाटो खोल्ने काम स्थगित

मुग्लिन–नारायणगढ सडकको अवरोध हटाउने प्रयास असफल, भोलि बिहान ३ बजेसम्म बाटो खोल्ने काम स्थगित

नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइनखोलामा खसेको पहिरो डोजरको सहयोगमा पन्छाइँदै। तस्बिर : हीरालाल गुरुङ/रासस


नेपालखबर
असोज ४, २०८२ शनिबार १९:१८, काठमाडौँ

शुक्रबारदेखि अवरुद्ध रहेको नारायणगढ सडक खण्डको पहिरो हटाउने प्रयास असफल भएको छ।  

शनिबार दिनभर पहिरो हटाउने प्रयास भए पनि पुनः पहिरो आएका कारण त्यो सफल नभएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए। 

‘आज दिनभर बाटो खोल्ने प्रयास भयो तर पुनः दुवै साइडब बाट ठूूलो ढुंगा र लेदो झरी धन्न एक्साभेटरमा  ठूलो क्षति हुन लागेकोले, रातको समय भएकोले प्रमुख जिल्ला अधिकारीहरुको अनुरोध समेतलाई ध्यानमा राखी भोलि बिहान ३ बजे सम्म लाई बाटो खोल्ने कार्य स्थगित भएको छ,’ उनले भने, ‘हाम्रो टिम पहिरो गएको स्थानमा छ र स्थिति सामान्य हुना साथ तत्काल बाटो खोल्ने कार्य सुुरु गर्ने छ।’

शुक्रबार साँझ करिब  ६ : ३० बजेदेखि मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै ठूलो पहिरो खसेको थियो। आज बिहान ७ : ४० मा पुनः ठूलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाई र १६ मिटर उचाइको  पहिरो  बनेको छ। 

करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको सडक विभागले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad