नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनको भावना अनुसार पार्टीलाई पुनर्गठन गर्नुुपर्ने अनिवार्य आवश्यता रहेको बताएका छन्।
शनिबार भिडिओ सन्देश जारी गर्दै उनले पार्टीलाई पुनर्गठन नगरी चलाउन सकिन्छ भन्दै प्रश्न समेत गरेका छन्। ‘यत्रो उथलपुुथल भएको छ,’ थापाको प्रश्न, ‘हामीले पार्टीलाई जस्ताकोतस्तै राखेर राखेर हुन्छ? राखेर टिकाउन सक्छौँ? टिकाउने प्रयत्न गर्नुहुन्छ?’
आन्दोलनमा व्यक्त भएको भावना अनुसार पार्टी हिँड्ने बनाउन सम्भव रहेको समेत उनको तर्क छ। ‘यत्रो उथलपुुथल भइसकेपछि यो आन्दोलनमा व्यक्त भएको भावनालाई बोकेर हिँड्न सक्ने पार्टी हामीले बाउनु छ कि छैन?,’ थापाको जवाफ छ, ‘छ।’
तर, त्यसका लागि पार्टी रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ। ‘पार्टीको रुपान्तरण, पार्टीको पुनर्गठन नगरीकन यो सम्भव छैन,’ थापाले भनेका छन्।
Shares

प्रतिक्रिया