ad ad

समाज


एकैदिन ११ काे रिपाेर्ट पाेजिटिभ, देशभर संक्रमितकाे संख्या ४२, उदयपुरमा मात्रै २४

एकैदिन ११ काे रिपाेर्ट पाेजिटिभ, देशभर संक्रमितकाे संख्या ४२, उदयपुरमा मात्रै २४

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १३:१४,

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर बिधिबाट परीक्षण गरिएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार थपिएका दुई संक्रमित पनि उदयपुरकै हुन्।

उदयपुरबाट स्वाब ल्याई राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

यो सहित उदयपुरमा मंगलबार ११ जना संक्रमित भेटिएका छन्।

‘उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ बिराटनगर स्थित कोशी अस्पतालमा उपचाररत रहेका छन्, निजहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परिक्षण भैरहेको छ,’ स्वास्थ्य मन्त्रालयले बताएको छ। ‘अन्य थप ६९ जनाको परीक्षणको लागि बिराटनगरस्थित कोशी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परिक्षणको लागि आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परिक्षण गर्दा थप पुष्टी भएकोले निजहरूलाई हाल बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ।’

मन्त्रालयका अनुसार सोमबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जनाको नतिजा पोजेटिभ देखिएको हो।

'यसरी हाल सम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२ पुगेको छ,' सहप्रवक्ता डा. समीर अधिकारीले बताए।

आज यसअघि वीपी कोइराला प्रतिष्ठानमा ८ जनाको परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो भने राष्ट्रिय प्रयोगशालामैं गरिएको परीक्षणमा अर्का एकजनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।

त्यसभन्दा पहिले नै उदयपुरमा १३ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ ठूलो संख्यामा मानिसहरुको स्वाव संकलन गरिएको थियो।

अब संक्रमितको संख्या उदयपुरमा मात्रै २४ र देशभर ४२ पुगेको छ।

तीमध्ये ५ जना निको भई घर फर्किसकेका छन्।

याे पनि: 
आज एकैदिन उदयपुरकै ९ जनामा कोरोना संक्रमण पुष्टि 
शंकास्पद रिपोर्ट आएका ८ व्यक्ति भुल्के मस्जिदका १३ संक्रमितसँग १० दिन सँगै रहेको खुलासा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .