ad ad

समाज


कोरोना जनावरबाटै उत्पत्ति भएकाे हो, अरू शंका गर्नुपर्दैन: डब्ल्यूएचओ

कोरोना जनावरबाटै उत्पत्ति भएकाे हो, अरू शंका गर्नुपर्दैन: डब्ल्यूएचओ

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १३:२८,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस कसैले बनाएको कृत्रिम नभई जनावरबाटै मानिसमा सरेको बताएको छ।

अहिलेसम्म प्राप्त प्रमाणअनुसार कोरोना भाइरस कुनै प्रयोगशालाबाट कसैले उत्पादन गरेकाे नभई जनावरबाटै उत्पत्ति भएको डब्ल्यूएचओले बताएकाे हाे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता कोरोना भाइरस सुरु भएको स्थल चीनको उहानस्थित प्रयोगशालाबाट उत्पादन भएको आशंका व्यक्त गर्दै त्यसको सत्यतथ्य पत्ता लगाउन आफ्नो प्रशासन लागिपरेको समेत बताएका थिए।

त्यति मात्र होइन, कोरोना भाइरस बनाएर जानीजानी फैलाएको पुष्टि भएमा चीनले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत ट्रम्पले दिएका थिए।

तर डब्लूएचओकी प्रवक्ता फाडेला चाइबले मंगलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा, प्राप्त सबै प्रमाणले कोरोना भाइरसको उत्पत्ति जनावरबाटै भएको बताएकी हुन्। उनले भनिन्, ‘यसलाई कुनै प्रयोगशाला वा अन्त कतै बनाएर जानीजानी फैलाइएको होइन।’

तर उनले कुन जनावर भन्ने पनि खुलाइनन् भने यो भाइरस कसरी मान्छेसम्म आइपुग्यो भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको बताइन्।  

गत डिसेम्बर अन्त्यतिर चीनकाे उहान सहरस्थित पशुपक्षी बजारबाटै काेराेनाकाे सुरुवात भएकाे बताइन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .