भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनपछि ध्वस्त भएको प्रहरी वृत्त एक साताभित्र पुरानै स्वरूपमा फर्किएको छ। युवाहरूले भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका थिए। तर, पहिदो दिनको प्रदर्शन दमन भएसँगै हिंसात्मक बन्यो।
त्यसपछि आन्दोलनकारी दोस्रो दिनको विरोधमा तोडफोड र आगजनीमा उत्रिए। जसका कारण कीर्तिपुर प्रहरी वृत्तपनि ध्वस्त भयो।
तर, अहिले प्रहरी वृत्त पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ। 'हाम्रो प्रहरी वृत्त हामी आफैँ बनाउँछौं,' भन्ने नारासहित स्थानीय युवाहरू श्रमदानमा जुटेका छन्। बिहीबार स्थलमै पुग्दा घमाघम रङ्गरोगन र मर्मतको काम चलिरहेको देखिन्थ्यो।
भिडिओ
चाडपर्वको मुखमा सुरक्षाको आवश्यकता झन् बढ्ने भएकाले स्थानीय आफैं अघि सरेको उनीहरूको भनाइ छ। प्रहरी वृत्त प्रमुख डीएसपी राजबाबु महर्जनले स्थानीयको पहल र श्रमदानकै कारण धेरै काम भइसकेको जानकारी दिए। उनका अनुसार एक साताभित्र वृत्त पुरानै अवस्थासहित सञ्चालनमा आउनेछ।
देशभरै तोडफोड र आगजनीका घटनाहरू भइरहेका बेला कीर्तिपुरका युवाले देखाएको सक्रियता अनुकरणीय बनेको छ।











Shares

प्रतिक्रिया