समाज


जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) द्वारा रक्तदान

जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) द्वारा रक्तदान

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार २१:१५, काठमाडौँ

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीका  लागि अखिल (छैठौं) ले रक्तदान गरेको छ। 

मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रक्तदान गरिएको हो। 

कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, नेकपा (मसाल) का काठमाडौं प्रवक्ता जगत रेग्मी, कानुन व्यवसायी लक्ष्मणदेव पाण्डे, जनजाती नेता निम बुढामगर, युवक नेता गणेश अधिकारीलगायतले रक्तदान गरेका थिए। 

कार्यक्रमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेल उपस्थित थिइन्।

जेनजी आन्दोलनमा घाइते भएर छटपटाइरहेका युवाहरूलाई उपचारमा रगतको अभाव नहोस् भनेर रक्तदान गरिएको अखिल (छैठौं) का अध्यक्ष जिसीले बताए।

जेनजी आन्दोलनमा घाइते भएका २०८ जनाको विभिन्न ३३ अस्पतालमा उपचार भइरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा भित्र १७ र उपत्यकामा बाहिर १६ अस्पतालमा उपचार भइरहेको जनाएको छ।

सबै भन्दा धेरै ट्रमा सेन्टरमा २८ जना घाइतेकहरुको उपचार भइरहेको छ। नेपाल पुलिस अस्पतालमा २२, त्रिवि शिक्षण अस्पतालमा र काठमाडौँ मेडिकल कलेजमा १८,१८ जना घाइते छन् भने, मनमोहन काडियोथोरासिकमा १० जना घाइतेहरुको उपचार भइरहेको छ।

सिभिलमा ९ र वीर अस्पतालमा ७ जनाको उपचार भइरहेको छ। त्यस्तै झापाको बी एन्ड सी अस्पतालमा १७ जना घाइतेको उपचार भइरहेको छ। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर २ हजार ३१६ जना घाइते भएको मन्त्रालयले जनाएको छ। ती मध्ये १ हजार ९४७ जना निको भएर डिस्चार्ज भएका छन्।

सरकारका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीवन्दी, ३ जना प्रहरीसहित ७२ जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad