समाज


जेनजी आन्दोलनका क्रममा हराएका मानिसबारे जानकारी दिन प्रहरीको आग्रह

जेनजी आन्दोलनका क्रममा हराएका मानिसबारे जानकारी दिन प्रहरीको आग्रह

नेपालखबर
भदौ ३०, २०८२ सोमबार २०:५९, काठमाडौँ

जिल्ला प्रहरी परिसर, काठमाडौंले जेनजी आन्दोलनमा हराएका मानिसबारे जानकारी दिन आग्रह गरेको छ।

आन्दोलनमा आगजनी भएका भवनहरू सफा गर्ने क्रममा मानव अस्थिपञ्जर भेटिएको भन्दै प्रहरीले आन्दोलनश्चात कोही व्यक्ति हराइरहेको भए जानकारी दिन भनेको हो।

'प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भएकोले काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा रहेका भवनहरूको सरसफाइ तथा उद्धारको क्रममा आगोमा जली पहिचान समेत खुल्न नसकेका मानव अस्थिपञ्जरहरू भेटिएकोले उक्त विरोधको कार्यक्रमको समय पश्चात् हराई, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनका सदस्यहरू कोही भएमा प्रहरी कन्ट्रोल नम्बर १००, यस जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२, इमेल वा नजिकको प्रहरी कार्यालयमा सो को जानकारी दिन हुन अनुरोध गरिएको छ' प्रहरीले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad