ad ad

समाज


काेरोना संक्रमित धादिङका युवकको पहिलाे रिपोर्ट ‘त्यति राम्रो’ आएनः टेकु अस्पताल

काेरोना संक्रमित धादिङका युवकको पहिलाे रिपोर्ट ‘त्यति राम्रो’ आएनः टेकु अस्पताल

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ५:४७,

घर पठाउनाका लागि पछिल्लोपटक दुईपटक गर्नुपर्ने नमुना (स्वाब) परीक्षणअन्तर्गत कोरोना संक्रमित धादिङका युवकको पहिलो रिपोर्ट ‘त्यति राम्रो’ नआएकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) ले जनाएको छ।

निको हुँदै गरेका कोरोना संक्रमित बिरामलाई डिस्चार्ज गर्नुअघि उनको नमुना ७२ घण्टाभित्र दुईपटक परीक्षण गर्नुपर्छ र ती दुवैको नतिजा नेगेटिभ अर्थात् कोरोना भाइरस हटिसकेको आउनुपर्छ।

यसअघि त्यही अस्पतालमा उपचाररत काठमाडौंकै १९ वर्षीया युवती कोरोना संक्रमण निको भएर शनिबार मात्र घर फर्किसकेकी छन्।

अब त्यहाँ कोरोना संक्रमण पुष्टि भएका बिरामीमा धादिङका ३२ वर्षीय युवक मात्र बाँकी छन्। उनमा पनि रोगका सबै लक्षण हराइसकेको र केही दिनमै उनी पनि डिस्चार्ज हुने टेकु अस्पतालका चिकित्सकले बताइरहेका थिए।

तर सोमबार प्रयोगशालामा पठाइएको उनको नमुना परीक्षणको रिपोर्ट त्यति राम्रो नआएकाले पुनः परीक्षणका लागि आज मंगलबार उनको स्वाब प्रयोगशाला (टेकुमै रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) मा पठाइएकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए।

भनेपछि रिपोर्ट पोजिटिभ आएको हो?

नेपालखबरले मंगलबार बिहान गरेको प्रश्नमा उनले भने, ‘अहिले त्यसो नभनौं, त्यति राम्रो आएन, त्यही भएर पुनः परीक्षणका लागि नमुना पठाइएकाे छ।’

त्यसकाे रिपाेर्ट कस्तो आउँछ त्यस आधारमा उनका विषयमा निर्णय हुने उनले बताए।

नेपालमा अहिलेसम्म काेराेनाकाे संक्रमण भएका चार जना उपचारपछि निकाे भइसकेका छन्। बाँकी २७ जना विभिन्न अस्पतालमा उपचाररत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .