उदयपुरमा पीसीआर परीक्षणका लागि १ सय ५२ जनाको नमुना संकलन गरिएको छ। उनीहरुको नमुना राष्ट्रिय प्रयोग प्रयोशाला टेकुमा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पीसीआर) र -यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय २४ गरी ८ हजार ४ सय १४ नमुना परीक्षण गरिएको उनले बताए। यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार १९ गरी २५ हजार १ सय ४८ नमुना परीक्षण गरिएको छ।
सरकारले प्रदेशअनुसार परीक्षण गरिएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ। सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा आरडिटी विधिबाट सबैभन्दा बढी परीक्षण भएका छन्। सुदूरपश्चिममा सोमबारसम्म ५ हजार ५ सय ७८ जनाको नमुना परीक्षण भएको छ । यसैगरी बाग्मती प्रदेशमा ४ हजार ६ सय ७६ नमुना परीक्षण भएका छन्। गण्डकी प्रदेशमा ३ हजार ७ सय ५१, प्रदेश नम्बर १ मा २ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा २ हजार ३ सय २४, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३८ र कर्णाली प्रदेशमा ३ हजार २ सय ३२ जनाको नमुना परीक्षण गरिएको छ।
अहिले देशभरी ५ हजार ९ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ४ र उपत्यका बाहिर १ सय ७ सहित १ सय ११ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले कोरोना सम्बन्धि जिज्ञासा सुन्न निःशुल्क हट लाइन नम्बरहरु सञ्चालनमा लिएका छन्। गण्डकी प्रदेश सरकारलाई १०९२ र सुदूरपश्चिम प्रदेश सरकारलाई ११४८ नम्बरमा निःशुल्क कल गरेर जिज्ञासा राख्न सकिने छन्।
सोमबार नयाँ संक्रमित देखिएका छैनन्। अहिले देशका विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन्। ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया