डिल्लीबजारस्थित कारागारमा आगजनी गरी भागेका कैदीलाई पनि नेपाली सेनाले फर्काएको छ।
झोला बोकेर कारागार छाडेका कैदीहरुलाई सेनाले स्थिति नियन्त्रणमा लिएर कारागार फर्काएको हो।
करिब सय जना कैदीबन्दीलाई कारागार अगाडि सडकमै सेनाले होल्ड गरी समेत राखेको छ।
स्थिति नियन्त्रणमा लिन अहिले सेनाका दुईवटा बख्तरबन्द गाडीहरु डिल्लीबजार पुगेका छन्।
उनका अनुसार ठूलो संख्यामा कारागारमा नियन्त्रणमा लिन सेना खटिएको छ।







तस्बिरहरु : उजिर कार्की र सागर न्यौपाने/नेपालखबर

प्रतिक्रिया