समाज


भारतमा एकैदिन १५ सयभन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा एकैदिन १५ सयभन्दा बढी कोरोना संक्रमित थपिए

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ६:४२,

भारतमा गएको चौबिस घण्टामा १५ सयभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन्।

१५ सय ५३ नयाँ कोरोना भाइरस संक्रमित भेटिएको सीएनएनले जनाएको छ। यससँगै भारतमा कोरोना संक्रमितको संख्या १७ हजार ६१५ पुगेको छ।

सोही अवधिमा भारतमा ३६ जनाको मृत्यु भएको पनि जनाइएको छ। यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५९ पुगेको छ।

कोरोना भाइरस नियन्त्रण गर्नका लागि भारतले गन मार्च २५ देखि लकडाउन गरेको छ। लकडाउन अवधि मे ३ मा सकिनेछ।

हालसम्म विश्वभर २४ लाख ८ हजार ३०४ कोरोना संक्रमित छन्। कोरोना महामारीका कारण १ लाख ६५ हजार १०५ को मृत्यु भएको छ।

उपचारपछि ६ लख २९ हजार ६६ स्वस्थ बनेका छन्।

कोरोनाले सबैभन्दा बढी प्रभावित क्षेत्र अमेरिका हो। अमेरिकामा ७ लाख ६४ हजार २६५ कोरोना संक्रमित छन्। त्यहाँ ४० हजार ५६५ को मृत्यु भइसकेको छ।

कोरोनाको उद्गमस्थल चीनमा भने ८२ हजार ७४७ कोरोना संक्रमित छन्। त्यहाँ ४ हजार ६३२ को मृत्यु भएको छ।

हालसम्म चीनमा ७७ हजार ८४ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .