अटो


सवारीसाधन आयात ह्वात्तै घट्यो

सवारीसाधन आयात ह्वात्तै घट्यो

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ६:५२,

चालू आर्थिक वर्षमा सवारीसाधन आयातमा भारी गिरावट आएको छ। केही वर्षदेखि लगातार आयातमा वृद्धि हुँदै आएको सवारीसाधन आयात १० अर्ब बढीले घटेको हो।

चालू आर्थिक वर्षको ९ महिनाको भन्सार विभागको तथ्याङ्कअनुसार आयात घटेको देखिएको हो।

अटोबजार सुस्तताले चालू आर्थिक वर्षको आयातमा कमी आएकोमा कोरोना संक्रमणपछि लागू गरिएको लकडाउनले पूरै अटोबजार ठप्प बनाएको हो।

गत वर्षको तुलनामा फागुन महिनासम्म आयातमा कमी नै आएको थियो। मासिक करिब ७ अर्बको आयात भइरहेको अटो क्षेत्रमा चैतमा डेढ अर्बको मात्रै आयात भएको छ। चैत ११ गतेको लकडाउनपश्चात् सबै सवारी आयात पूर्णतः बन्द छ।

विभागको तथ्याङ्कअनुसार साउनदेखि फागुन महिनासम्म सवारीसाधन तथा पार्टपुर्जा गरी ५७ अर्ब ४२ कारोडको आयात भएको थियो। चैत कुल आयात ५९ अर्ब पुगेको छ। जब कि गत वर्षको चैतसम्ममा ५९ अर्ब ७९ करोडको आयात भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .