समाज


भारतले भन्यो- शान्तिपूर्ण तरिका र संवादमार्फत समाधान गर्ने आशा गर्छौं

भारतले भन्यो- शान्तिपूर्ण तरिका र संवादमार्फत समाधान गर्ने आशा गर्छौं

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ११:३७, काठमाडौँ

नेपालमा पछिल्लो समय भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको भन्दै भारतले शान्तिपूर्ण र संवादमार्फत समस्या समाधान हुने आशा व्यक्त गरेको छ। 

मंगलबार भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको घटनाक्रमप्रति प्रतिक्रिया जनाएको हो। ‘नजिकका मित्र र छिमेकीको हैसियतले हामी सबै सरोकारवालाले संयमता अपनाउने र कुनै पनि समस्या शान्तिपूर्ण तरिका र संवादमार्फत समाधान गर्ने आशा गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ। 

भारतले मृतकहरूका परिवारहरूप्रति समवेदना व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामीले हिजोदेखि नेपालमा भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ र धेरै युवा जीवनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्छौँ। मृतकहरूका परिवारहरूप्रति हाम्रो समवेदना र प्रार्थना छ। घाइतेहरूलाई छिटो स्वास्थ्य लाभको कामना गर्दछौँ।’

त्यस्तै काठमाडौँ र नेपालका अन्य धेरै सहरहरूमा निषेधाज्ञा लगाएको भन्दै नेपालमा रहेका आफ्ना नागरिकलाई नेपाली अधिकारीहरुले जारी गरेका निर्देशन पालना गर्न समेत आग्रह गरेको छ। 

‘नेपालमा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरूले जारी गरेका निर्देशन र कदमहरू पालना गर्न सल्लाह दिइन्छ,’ विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad