स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनमा घाइतेहरूको निशुल्क उपचार गर्न सबै संघीय अस्पतालहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी उपचार गर्न निर्देशन दिएको हो।
मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ।
काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ।
सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।
सोमबार जेनजी समूहले काठमाडौंलगायत देशका विभिन्न सहरमा प्रदर्शन गरिरहेको छ।
यसक्रममा काठमाडौंमा १० जना मृत्यु भएको छ भने घाइतेहरूको संख्या समेत निकै धेरै छ।

Shares

प्रतिक्रिया