सरकारविरुद्ध प्रदर्शन थालेको १३–२८ वर्ष उमेरसमूहको जेनजी प्रदर्शनकारीहरु बानेश्वर पुगेका छन्।
माइतीघरमा बिहानैदेखि भेला भएका उनीहरु मध्याह्नतिर हजारौँ संख्यामा जम्मा भएर निषेधित क्षेत्रतर्फ अघि बढेका हुन्।
सो क्रममा प्रहरीले बानेश्वरमा अश्रुग्यास समेत प्रहार गरेको छ।
योसँगै भीड उत्तेजित हुने र राज्यपक्षबाट बल प्रयोग हुने सम्भावना बढेको छ।
सिंहदरबारभित्र प्रवेश गर्न नसकेपछि प्रदर्शनकारी बानेश्वरतर्फ अघि बढेको थियो।


51
Shares

प्रतिक्रिया