घाँटीमा मासु अड्किएर सल्यानमा एक जनाको मृत्यु भएको छ।
शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो।
शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आइतबार बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की र मृत्यु भएको हो। घाँटीमा मासु अड्किएपछि उनलाई उपचारका लागि बिहान अस्पताल पु¥याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ। गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन छ। रासस

प्रतिक्रिया