शैक्षिक संस्थाहरूमा बम राखेको छ भन्दै अफवाह फैलाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ घर भइ हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने वर्ष ३८ को जयरुद्र झालाई नियन्त्रणमा लिएको हो।
उनले भदौ १३ गते प्रहरी कन्ट्रोल रुमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौँस्थित विभिन्न शैक्षिक संस्थाहरूमा विष्फोटक पदार्थ (बम) राखेको छ, आज ४ बजेसम्म पड्किन्छ भनी झुट्टा अफवाह फौलाएको प्रहरीले जनाएको छ।
उनलाई भदौ १३ गते नयाँबजार कीर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
174
Shares

प्रतिक्रिया