समाज


शिक्षक महासंघले भदौ १३ गते पालिकामा धर्ना दिने

शिक्षक महासंघले भदौ १३ गते पालिकामा धर्ना दिने

नेपालखबर
भदौ १२, २०८२ बिहिबार २२:८, काठमाडौँ

विद्यालय शिक्षा विधेयकमा आफूसँगका सहमति कार्यन्वयन नगरिएको भन्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले भदौ १३ गते स्थानीय तहमा धर्ना दिने भएको छ। 

महासंघले १३ गते ७५३ वटै स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुझाइ २ घन्टा धर्नाको कार्यक्रम राखेको हो।

महासंघले विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्नासँगै स्थानीय तहमा समेत आन्दोलन अगाडि बढाएको छ । 

महासंघको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै नेपाल राहत शिक्षक केन्द्रीय समितिले समेत धर्नामा सहभागी हुन राहत शिक्षकहरूसँग आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad