कोरोना भाइरसको संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ। औषधि र खोप परीक्षणकालमै भएको अवस्थामा अमेरिकाका विभिन्न राज्यमा कोरोना नियन्त्रणको उपायस्वरुप लकडाउन गरिएको हो।
यसबीचमा मिनिसोटा, मिसिगन र भर्जिनियाका नागरिकहरु लकडाउनले आर्थिक अवस्था नाजुक भएको र रोजगारी गुृमाएको भन्दो सडकमा प्रदर्शन गर्न उत्रिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यसै आन्दोलनको पक्षमा समर्थन जनाउँदै ट्वीटमा भनेका छन्,‘मिनिसोटा, मिसिगन र भर्जिनियालाई स्वतन्त्र गरौं।’
शुक्रबार एक प्रेस ब्रिफिङका क्रममा पनि ट्रम्पले मिनिसोटा, मिसिगन र भर्जिनियाको लकडाउन साह्रै कडा भएको बताएका थिए।
अमेरिकी स्वास्थ्य अधिकारीहरले लकडाउनको पालना गरिनुपर्ने र घरमै सबै बस्नुपर्ने बताइरहँदा अमेरिकाको मिसिगन, ओहाया, नर्थ क्यारोलिना, मिनिसोटा, युटा, भर्जिनिया, केनटकी लगायतका विभिन्न क्षेत्रमा आन्दोलन भइरहेको छ।
हाल विसकनसिन, ओरिजन, म्यारील्याण्ड, इदाहो र टेक्सासमा पनि लकडाउनकोविरुद्धमा आन्दोलनको कार्यक्रम घोषणा भएका छन्।
ट्रम्पले हालै अमेरिकामा कोरोना भाइरसको उत्कर्ष सकिएको बताउँदै चाँडै अमेरिकाको प्रतिबन्धहरु हट्ने बताएका थिए। बीबीसी
भिडियो
प्रतिक्रिया