ad ad

समाज


२७ दिनको अस्पताल बसाइपछि कोरोनालाई जितेर घर फर्किइन् दोस्रो संक्रमित युवती

२७ दिनको अस्पताल बसाइपछि कोरोनालाई जितेर घर फर्किइन् दोस्रो संक्रमित युवती

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ८:२२,

नेपालको दोस्रो कोराना संक्रमित काठमाडौँकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन्।

काठमाडौँको मैतीदेवीकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार घर फर्केकी हुन्।

सबै रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले शनिबार (आज) उनलाई डिस्चार्ज गरेको हो।

फ्रान्सबाट चैत४ गते कतार हुँदै नेपाल आएकी ती युवतीका चैत १० गते संक्रमण भएको पुष्टि भएको थियो। उनलाई सोही दिनदेखि नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचारका लागि भर्ना गरिएको थियो।

अस्पतालबाट बाहिर निस्कँदै उनले आफू पूर्ण रुपमा निको भएर घर फर्किएको प्रतिक्रिया दिएकी थिइन्।

Prasiddhi44

त्यस्तै टेकु अस्पतालमै उपचाररत यूएईबाट आएका धादिङका अर्का युवाको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए।

‘उहाँमा पनि कुनै लक्षण छैन। स्वास्थ्य अवस्था नर्मल नै छ’, निर्देशक राजभण्डारीले नेपालखबरसँग भने। उनले उपचाररत अधिकांश संक्रमितमा कुनै पनि लक्षण नभेटिएको बताए।

यसअघि पहिलाे संक्रमित चीनको वुहानबाट फर्केका युवा निको भएर घर फर्किसकेका छन् भने बागलुङकी ६५ वर्षीया महिलाको रिपोर्ट पनि नेगेटिभ आएको छ।

नेपालमा अहिलेसम्म ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा रहेको छ।

याे पनि: 

टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित युवती त आज डिस्चार्ज भइन्, युवक कहिले होलान्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .