ad ad

समाज


दोस्रो संक्रमित युवती रिपोर्ट नेगेटिभ, आजै डिस्चार्जको सम्भावना

दोस्रो संक्रमित युवती रिपोर्ट नेगेटिभ, आजै डिस्चार्जको सम्भावना

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ८:१२,

नेपालको दोस्रो कोराना संक्रमित काठमाडौँकी १९ वर्षीया युवतीको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।

रिपोर्ट नेगेटिभ आएसँगै उनको आजै (शनिबार) डिस्चार्ज हुने सम्भावना रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए।

‘हिजो आएको रिपोर्ट नेगेटिभ आएको छ, स्वास्थ्य अवस्था पनि राम्रो छ’, नेपालखबरसँग कुरा गर्दै निर्देशक राजभण्डारीले भने, ‘पछिल्लो एउटा रिपोर्ट आउन बाँकी छ, उक्त रिपोर्ट पनि नेगेटिभ आए उनको आजै डिस्चार्ज हुन्छ।’

फ्रान्सबाट चैत४ गते कतार हुँदै नेपाल आएकी ती युवतीका चैत १० गते संक्रमण भएको पुष्टि भएको थियो। उनलाई सोही दिनदेखि नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचारका लागि भर्ना गरिएको थियो।

त्यस्तै टेकु अस्पतालमै उपचाररत यूएईबाट आएका धादिङका अर्का युवाको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक राजभण्डारीले जानकारी दिए।

‘उहाँमा पनि कुनै लक्षण छैन। स्वास्थ्य अवस्था नर्मल नै छ’,  उनले भने। उनले उपचाररत अधिकांश संक्रमितमा कुनै पनि लक्षण नभेटिएको बताए।

यसअघि पहिलाे संक्रमित चीनको वुहानबाट फर्केका युवा निको भएर घर फर्किसकेका छन् भने बागलुङकी ६५ वर्षीया महिलाको रिपोर्ट पनि नेगेटिभ आएको छ।

नेपालमा अहिलेसम्म ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .