मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतमा पक्राउ परेका छन्।
सुर्खेत भेरीगंगा नगरपालिका-२ सप्तरी समाझिंघाका कृष्ण सुनारलाई इन्टरपोलको सहयोगमा कुवेतबाट पक्राउ गरिएको हो।
एनसीबी कुवेतको समन्वयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आज बुधबार नै नेपाल ल्याइँदैछ। फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २५ गते रेड नोटिस जारी भएको थियो।
नेपाल ल्याएपछि कारबाहीका लागि सुर्खेत प्रहरीमा बुझाइने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
45
Shares

प्रतिक्रिया